nepal prahariकाठमाडाैं , मंसिर २० ।  कुनै पनि अपराधमा संलग्न नभएकालाई प्रहरीले चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) दिनुपर्ने हो । तर, नीतिगत त्रुटिका कारण गम्भीर अपराधमा संलग्नले समेत प्रहरी रिपोर्ट पाउने गरेका छन् ।

प्रहरीले दायर गर्ने फौजदारी मुद्दालाई मात्र आधार बनाएर पुलिस रिपोर्ट दिने गरिएको  छ । वन्यजन्तुको तस्करी, अवैध मुद्राको कारोबार, राजस्व छली, सम्पत्ति सुद्धीकरण, भ्रष्टाचार, वैदेशिक रोजगार ठगीजस्ता गम्भीर मुद्दामा संलग्नहरुले भने सजिलै पुलिस रिपोर्ट पाउने गरेका छन् । यो त्रुटिको फाइदा ठूला अपराधीलाई भइरहेको छ । खासगरी अध्ययन र वैदेशिक राेजगारीका लागि विदेश जानेका लािग प्रहरी रिपाेर्ट अनिवार्यजस्तै बनेकाे छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया