Kamal-Thapa-With-Sushma-Swaraj-400नयाँदिल्ली, मंसिर २० । अघिल्लो साता धार्मिक गुरु रविशंकरलाई भेट गर्न बेंग्लोर पुगेका परराष्ट्र मन्त्री कमल थापासँग उद्योगपति बिनोद चौधरी पनि साथैमा थिए । दिल्ली केन्द्रमा भाजपा सरकार निकटस्थ मानिने उद्योगपति चौधरीले भेटवार्ताहरुमा गरेको ‘सहजीकरण’का बारेमा उनी स्वयम केही बताउन चाहँदैनन् । तर, भेटवार्तामा अघिपछि रहेका कुटनीतिक अधिकारीहरु भने चौधरीको पहुँच र प्रभावबारे सन्दर्भ झिकिरहेका हुन्छन् ।

नेपाल मामलालाई लिएर दिल्लीमा देखिनेभन्दा ‘नदेखिने’ परिचर्चा र पहुँच कायमैं रहेको एक कुटनीतिक अधिकारीले बताए । ‘कांग्रेस नेता डा.करण सिंहले भारतीय संसदमा नेपाल/नेपालीको सरोकारमा आवाज उठाउनुमा उहाँको ससुराली साइनोले मात्रै होइन, यो साता पनि डा. सिंहले काठमाडौंमा थुप्रै नेपाली नेता/कुटनीतिज्ञलाई फोन गरेर स्थितीको गम्भिरता सम्झाउनुभएको छ,’ डा.सिंहका एक निकटस्थले भने ।

भारतीय संसदमा नेपाल मामलामा ध्यानाकर्षण गराउनेमध्ये सिताराम येचुरी, डीपी त्रिपाठी, केसी त्यागी, शरद यादवले बनाइरहेको संवाद र बहसको ‘सकारात्मक माहोल’ पनि सबैले देख्ने गरी बाहिर आइसकेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया