Phone-Conversation

मंसिर २०, गुल्मी, प्रेम सुनार। गुल्मी बडागाउँका रामबहादुर बिश्वकर्माले मोवाईलमा मासिक ३ हजार सम्म खर्च गर्छन । उनकी श्रीमतीले करिव ५ सय खर्च गर्छिन् । छोरीको झण्डै एक हजार , जेठो छोराले पनि त्यत्तिनै खर्च गर्छन । यहाँ सम्मकी गत तिन महिना देखि मोवाईल खेलाउन थालेका उनका १३ वर्षिय छोराले पनि सरदर मासिक ५ सय खर्च गर्न थाले पछि त्यो घरमा मोवाईलमा मात्र मासिक खर्च सरदर ६ हजार रहेको छ ।

तर उनिहरुको मासिक खर्च अन्न घर मै हुने भएकोले अन्य खाना लगाउन खर्च मोवाईलको फोन खर्च भन्दा कम देखिएको छ । आम्दानीको श्रोत हो वैदेशिक रोजगार । बिश्वकर्मा बैदेशिक रोजगारका लागि कतार जान थाले पछि त्यो घरको फोन खर्च बढेको हो । विदेशबाट परिवारका सवै सदस्यहरुलाई फोन ल्याई दिए पछि त्यो घरमा सवै गरेर ५० हजार भन्दा बढि मुल्यका मोवाईलहरु रहेका छन ।

तर वावु आमाले जोरेर दिएको वाहेक श्रीमति छोरीहरुका लागि २५ हजार मुल्य बरावरको सुन चाँदी समेत आफुले जोर्न नसकेका उनि बताउछन् । उनले भने –‘आउदा यस्तो मोवाईल उस्तो मोवाईल मात्रै ल्याई देउ भन्छन त्यस्तो सुन चाँदीको गरगहनामा चासो नै छैन् त्यसेले तिनै मोवाईलका थोत्रा मात्रै छन सुन चाँदी जोरिएको छैन् ।’

मलेशियाबाट हालै घर आएका गुल्मी कै हुँगा–७ का २६ वर्षिय विष्णुबहादुर रजालीले विदेश छउञ्जेल कम्तीमा मासिक ८ हजार नेपाली रुपैयाँ मोवाईल फोनमा खर्च हुने गरेको बताए । उनले भने –‘ के गर्ने विरानो देशमा पुगे पछि मनले मान्दैन , परिवारजनको अस्याट् लाग्छ र गरिन्छ अनि साथी–संगी, ईष्ट–मित्र सवैलाई सम्झीनु पर्दा महिनामा कम्तीमा ८ हजार रुपैयाँ खर्च हुन्थ्यो ।’ चार वर्षमा घर आएका उनको मासिक ८ हजारका दरले फोनमा मात्रै त्यस अवधीमा कति खर्च गरे होलान ? आफै अनुमान गरौं ।

त्यसका अलवा घरमा श्रीमतिले पनि मासिक १ हजार सम्म, भाईले पनि मासिक १ हजार सम्म आमाले ५÷६ सय सम्म फोन खर्च गर्ने गरेको उनको भनाई छ । त्यो परिावारको पनि मासिक खान खर्च भन्दा मोवाईल फोन खर्च बढि नै भएको देखिन्छ । १० वर्ष देखि भारतको रोजगारी गरेर घर आएका सोही गाउँका किशान रजाली त्यहाँ बसुञ्जेल मासिश २५ सय भारुको फोन खर्च लाग्ने गरेको बताउछन् ।

त्यस्तै घरमा श्रीमतिले मासिक १ हजार सम्म र आमाले १५ सय सम्म खर्च गर्ने गरेको बताउछन् । बाबुले भने आमाकै फोन खर्चले पुराउने गरेको उनले बताए पनि उनिहरुको घरमा उव्जेको अन्न वाहेक अन्य खान खर्च र उपभोग्य वस्तु भन्दा मोवाईल फोन खर्च बढि नै देखिन्छ ।

१२ वर्ष देखि दुवईमा रोजगारी गरेर घर आएका घमिर–४ का ४४ वर्षिय कृष्णबहादुर कार्कीले त्यहाँ वसुञ्जेल फोनमा नेपाली रुपैयाँ मासिक ७ हजार सम्म खर्च हुने गरेको बताए । त्यो भन्दा अझ बढि खर्च हुन सक्थ्यो कार्कीले भने तर श्रीमति ममता आफु संगै दुवईमा रहेकोले अलि कम भएको छ । यता कक्षा १२ मा तम्घासको महेन्द्र उच्च माविमा अध्यानरत उनको छोरा नविनको मोवाईल खर्च भने एकिन गर्न नसकेको बताउने कार्कीले भने –‘तर घरमा छोरा छोरीको मासिक खर्च भने १४ हजार सम्म हुने गरेको छ ।’

यसरी विशेष गरी वैदेशिक रोजगारमा जाने नेपालीहरुको घरमा खान खर्च भन्दा बढि मोवाईल खर्च हुने गरेको पाईएको छ । गुल्मी अर्जैकी एक महिला भन्छिन –‘वरु खान पर्दैन विदेशमा रहेका श्रीमानलाई साँझ सुत्ने वेला र विहान उठ्ने वेलामा फोनमा कुरा त नगरी हुन्न ।’ यता बाट मिसकल गरे पछि उताबाट श्रीमानले फोन गर्ने र कहिले काँही त राती बाह्र एक बजे सम्म पनि कुराकानी हुने गरेको उनको भनाई छ ।

यता घरदेशी र उता प्रदेशी त्यस्ता कतिपय जोडीहरुले भिडियो कल र कतिपयले फोन कुराकानीकै माध्यमबाट यौन प्यास मेटाउने गरेको समेत पाईएको छ । यसले गर्दा पनि बैदेशिक रोजगारले खान खर्च भन्दा मोवाईल फोन खर्च बढाएको देखिन्छ ।इबाग्लुगं बाट

तपाईको प्रतिक्रिया