Inaruwa rnjit (1) - Copy

इनरुवा मंसिर २०/दुई साता अघि आन्दोलनका क्रममा सुनसरीका विभिन्न स्थानबाट पक्राउ परेका ५ मोर्चा कार्यकर्ता आइतवार रिहा भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीमा सार्वजनिक मुद्धा अन्र्तगत थुनामा राखिएका दुहवी, लौकही, र भोक्राहाका मोर्चा आवद्ध कार्यकर्ता १६ दिनपछि छुटेका हुन् । जिल्ला अदालत सुनसरीको आदेशमा आइतवार साँझ उनिहरु सबैलाई धरौटीमा रिहा गरिएको हो ।
जनही २ हजार धरौटिमा रिहा हुनेहरुमा लौकहीका पर्शुराम यादव, ब्रम्हदेव यादव र भोक्राहाका विन्देश्वर यादव रहेका छन् ।
त्यसैगरी दुहवी बजार क्षेत्रमा आन्दोलन चर्काउने र तोडफोडमा संलग्न भएको भनि पक्राउ गरि सार्वजनिक मुद्धा चलाइएका रञ्जित गोस्वामी र मुन्ना हलवाई समेत अदालतको आदेशमा रिहा भएका छन् । गोस्वामी र हलवाई दुवैलाई जनही ७ हजार धरौटीमा रिहा गरिएको छ ।
गोस्वामी र हलवाई धरौटीमा छुट्न सक्ने खबर पाएपछि उनिहरुका परिवार, आफन्त र मोर्चाका नेता तथा कार्यकर्ताहरु आइतवार कार्यालय समय लगत्तै अदालत परिषरमा भेला भएका थिए ।अदालती प्रकृया पुरा गरी साँझपख छुटेका गोस्वामी र हलवाईलाई उनिहरुका आफन्त र शुभचिन्तकहरुले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।अदालत परिषरबाट बाहिरिने क्रममा मोर्चाका युवा नेताहरु गोस्वामी र हलवाईले ईनरुवा अनलाइन सँगको कुराकानीमा प्रहरीले आफुहरुलाई झुटो मुद्धामा फंसाएको प्रतिकृया दिए ।

Inaruwa rnjit (2)

आफुहरुलाई फंसाएर राज्यले दुहवी क्षेत्रको आन्दोलन कमजोर पार्ने षडयन्त्र गरेको बताउँदै उनिहरुले आन्दोलनलाई थप ससक्त पार्ने चेतावनी समेत दिए ।गोस्वामी र हलवाईलाई गाडीमा राखेर सयौंको संख्यामा रहेका मोर्चा कार्यकर्ताको जुलुसले इनरुवा तथा दुहवी बजारको परिक्रमा गराएको थियो । सुनसरी प्रहरीले उनिहरुमाथि आन्दोलन अतिरञ्जित गर्ने प्रयास गरेको, एम्बुलेन्स तोडफोड गरेको जस्ता मुद्धामा कार्वाही प्रकृया अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया