arnoldandrajnikanth

साउथका सुपरस्टार रजनीकान्तको सन् २०१० मा रिलिज भएको फिल्म ‘एंदिरन’ (रोबोट) को अर्को भाग बन्ने भएको छ।रजनीकान्त प्रमुख भुमिकामा देखिने यो फिल्ममा हलिउडका एक्सन हिरो आर्नोल्ड श्वॉर्जनेगरलाई अफर गरिने बताइएको छ। सम्भवत: आर्नोल्ड रोबोट-२ मा भिलेनको भुमिकामा देखिनेछन्।

यो फिल्म बनेमा भारतको सबैभन्दा महंगो फिल्म हुने भनि चर्चा पनि गरिएको छ। आधिकारिक होइन तर फिल्मको अनुमानित बजेट २५० करोड देखि ३०० करोड भारु हुनेछ।फिल्मका निर्देशक शंकर शानमुगामले पहिले नै यो फिल्मलाई २५० करोड भन्दा कम मुल्यमा बनाउन नसकिने निर्माताहरुलाई बताइसकेका छन्। यो अघि सबैभन्दा मंहगो भनिएको जुलाइ १५ मा रिलिज भएको बाहुबलीको लगानी करिब २५० करोड थियो।अर्को वर्षबाट सुटिङ सुरु हुने बताइएको ‘रोबोट-२’मा नायिका एमी ज्याक्सनको भुमिका हुने सम्भावना उच्च बताइन्छ। फिल्मको बारेमा अन्य जानकारी बाहिर आइसकेको छैन।

ऐश्वर्या र रजनीकान्तको मुख्य भुमिका रहेको रोबोट तामिल भाषामा बनाइएको थियो र हिन्दी र तेलेगुमा डबिङ गरिएको थियो। यसले बलिउड बक्सअफिसमा मात्र १.८६५ बिलियन डलर कमाएको थियो (सो बखत १ अमेरिकी डलर बराबार ४५.९ भारु थियो)।

तपाईको प्रतिक्रिया