asi pulisकाठमाडौं, २१ मंसिर । आफूलाई राष्ट्रिय अनुसन्धान विभागको असई भएको बताउँदै ठगी गर्ने युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले पुरन भण्डारीलाई पक्राउ गरेको हो ।

सञ्चार सेटसमेत देखाउँदै उनले आफूलाई असई भनेर ठगी गरेको भनी परेको उजुरीका आधारमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो । धापाखेलका एक सोलार व्यापारीलाई उनले चार लाख २० हजार माग्दै धम्क्याएका थिए । एक लाख रुपैयाँ भने लिइसकेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया