फाइल फोटो
फाइल फोटो

२१ मंसिर धनुषा  । ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा एकजना ग्यास विक्रेता पक्राउ परेका हुन।पक्राउ पर्नेमा मिथिला नगरपालिका १ बस्ने ३५ वर्षीय बलराम श्रेष्ठ रहेका छन् ।श्रेष्ठ डिलरका सञ्चालक रहेको श्रेष्ठ आफ्नो घरमा ग्यास लुकाएर राखी कालो बजारी गरी महँगो मूल्यमा बिक्री गरेको भन्दै उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार बिक्रेतालाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाकोे हिरासतमा राखिएको छ । उनले आधा सिलिन्डर ग्यास रु. १३ सयका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।सो क्रममा लुकाई राखेको ग्यास सिलिन्डर २ थान बरामद गरी ल्याइएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई कालोबजारीअन्तर्गतको मुद्धा चलाई थप अनुसन्धान र कारबाही थालिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया