२६ पौष, मोरङ। अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले मंगलबार अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। दिउँसो २ बजेतिर उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१५ स्थित विभिन्न होटलहरु चेकजाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो। बरामद मदिरामा तयारी रक्सी-१७० लिटर, कच्चा पदार्थ ५५० लिटर र मदिरा बनाउने ४५ थान भाडा वर्तन समेत रहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया