२६ पौष, सुनसरी। सुनसरी महेन्द्रनगर बस्ने ईन्द्रजित मण्डलको घरमा मंगलबार आगलागी भएको छ। बेलुका ८ बजेतिर खाना पकाउने क्रममा अचानक लागेको आगोले उनको घर तथा घर भित्र भएको सम्पूर्ण सामान जल्दा अन्दाजी ५५ हजार मुल्य बराबरको क्षति भएको छ। आगोमा परेर उनकै श्रीमती २५ बर्षिया कमला मण्डल सामान्य घाइते भएकी छिन्।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। आगलागी प्रहरी र स्थानियहरुको सहयोगमा २ घण्टा पछी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानएको छ।

तपाईको प्रतिक्रिया