२६ पौष, इनरुवा। अत्यधिक जाडो र शीत लहरका कारण सुनसरीमा दुईजनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउपालिका–४ का ६५ वर्षीय रौदी साहको आज मृत्यु भएको स्थानीय समाजसेवी प्रदीप मेहताले जानकारी दिनुभयो ।

गरीब र विपन्न तथा दलित समुदायका भएकाले प्रहरीमा जानकारी नगराएको कारण जाडोबाट उनीहरुको मृत्यु भएको-नभएको यकिन हुन समस्या भएको बताइएको छ । वडा कार्यालयले भने कालगतिका कारण उनीहरुको ज्यान गएको हुनसक्ने जनाएको छ । यता सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जाडोको कारण सुनसरीमा मृत्यु भएको विषयमा आफूसमक्ष कुनै जानकारी नआएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया