२६ पौष, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी जनता माध्यमिक विद्यालयले प्रदान गर्दै आएको सेवाका विषयमा अकंपत्र बनाएर मुल्याकंन गर्न थालिएको छ । सेवा प्रदायक संस्था र सेवाग्राहीहरु दुवै तर्फबाट विद्यालयले सञ्चालन गर्दै आएका गतिविधिहरुमा चासोका साथ अकं दिएर मुल्याकंन गर्ने कार्य सुरु गरेका हुन ।

विद्यालयले सञ्चालन गर्ने गतिविधिहरुलाई अझ वढी प्रभाकारी वनाउनका लागि स्थानीयवासी तथा विद्यालयका तर्फबाट मुल्यांकन गर्ने गरिन अकंपत्र विधि अपनाउन थालिएको हो । सो अकंपत्र सञ्चालन कार्यले विद्यालयले गरेका गतिविधिहरुलाई आफैले आफनो कामको नम्वर दिएर मुल्याँकन गर्ने काम गरे भने अर्का तर्फ अभिभावक तथा विद्यार्थीहरुले पनि अकं सहित मुल्यांक गरे । विद्यालयको कामलाई पारदर्सी र जवाफदेही वनाउन सञ्चालनमा ल्याइएको अकंपत्र विधि सञ्चालन कार्यमा सहभागी परिचालन केन्द्र दुहवीले सहजिकरण गर्दै आएको छ भने कोशी गाउँपालिका र युनाइटेड मिशन टु नेपाल सुनसरी क्लष्टरले सहकार्य गरेका छन। विद्यालयका गतिविधि र अवस्थाका विषयमा विद्यालयको तर्फबाट र सेवाग्राहीहरुको तर्फबाट पनि छुट्टाछुट्टै अकं पत्र तयार पारिएको थियो ।

अकंपत्र सञ्चालन कार्यक्रममा कोशी गाउँपालिका वडा नम्वर ७का अध्यक्ष रामचन्द्र मेहता , युनाइटेड मिशन टु नेपालका गोर्कण जोशी , सुरेन्द्र राई , सहभागी परिचालन केन्द्रका शंम्भु अधिकारी , जमुना सिग्देलले अकंपत्र सञ्चालनले पुर्रयाउने फाइदाका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा युनाइटेड मिशन टु नेपालका दुर्गा बहादुर अधिकारी, सहभागी परिचालन केन्द्रका अध्यक्ष यादव लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया