12358308_976063809108213_336683752_n

इनरुवा मंसिर २१/ घर शान्तिनै विश्व शान्ति भन्ने मूल नाराका साथ मनाइयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय दिवशका अवसरमा सुनसरीका सरोकारवालाहरु एकै थलोमा उभिएका छन् ।
हिंसा न्यूनिकरणका सवालमा खेल्नु पर्ने भूमिका र विद्यमान कानुनी अवस्थाबारे साझा धारणा बनाएर अघि बढ्न भन्दै जिल्ला स्थित सरोकारवाला निकायका प्रमुखहरु आज इनरुवामा भेला भएका हुन् ।
अनौपचारिक सेवा केन्द्र इन्सेक र साझा सवालका लागि साझा मंच कोकनको संयुक्त आयोजनामा सदरमुकाम इनरुवामा आयोजित लैङ्गिकतामा आधारित हिंसा विरुद्ध सरोकारवालाहरुको भूमिका विषयक अन्तर सम्वाद कार्यक्रममा भेला भएका सहभागीहरुले हिंसा न्यूनिकरणमा सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्ला अदालत सुनसरीका जिल्ला न्यायाधिश रमेशराज पोखरेल, इन्सेक क्षेत्रीय प्रमुख सोमराज थापा, सरकारी वकिल केशव प्रसाद पन्त, प्रहरी प्रमुख संजयराज शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दिनानाथ लम्साल, महिला तथा बालबालिका कार्यालयकी अधिकृत शुशिला कार्की लगायतकाले लैङ्गिक हिंसा न्यूनिकरणमा जोड दिएका थिए ।
सो कार्यक्रममा कोकन पूर्वाञ्चल संयोजक मञ्जिता उपाध्यायले जिल्लामा रहेको लैङ्गिक हिंसा लगायतका अन्य हिंसा जन्य घटनाको अवस्था र संघसंस्थाले खेल्दै आएको भूमिकाका सन्दर्भ समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका सहभागिहरुले लैङ्गिक हिंसा न्यूनिकरणका सवालमा कानुन बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा चुनौति भने कायमै रहेको औल्याएका थिए ।

तपाईको प्रतिक्रिया