काठमाडौं, २७ पुस । दस वर्षको अवधिमा इन्धनको खपत ४ गुणाले बढेको छ । बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ ।निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४र६५ मा १ लाख ८ सय ४२ किलोलिटर पेट्रोल खपत भएको थियो । २०७३र७४ मा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको छ ।

डिजेलको खपत पनि ह्वात्तै बढेको छ । तथ्यांकअनुसार ३ लाख २ हजार ७ सय ६ किलोलिटर खपत भएको डिजेल २०७३र७४ मा बढेर १२ लाख ९७ हजार ६६ किलोलिटर पुगेको निगमले जनाएको छ । सवारी साधनको संख्या बर्सेनि थपिदैं गएकाले पनि इन्धनको खपत बढ्दै गएको हो ।यातायात व्यवस्था विभागको तथ्यांकअनुसार सवारी साधनको संख्या बर्सेनि एक लाखभन्दा बढीले थपिएका छन् । आजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया