२७ पौष, मोरङ। मोरङको पथरी-शनिश्चरेमा बुधबार स्कुटरले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। पथरी-शनिश्चरे नगरपालिका १ स्थित शिखर चौकमा दिउँसो १ बजे बा ५४ प ४५८८ नम्बरको स्कुटरले ठक्कर दिएर घाइते भएका पैदल यात्री सोही ठाउँ बस्ने ८५ वर्षीय लाल बहादुर चौहानको बुधबार राती उपचारका क्रममा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका चौहानलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याईएकोमा उनको सोही अस्पतालमा उपचारका क्रमा मृत्यु भएको थियो। ठक्कर दिने स्कुटर चालक फरार रहेकाले प्रहरीबाट उनको खोजी भई रहेको छ।

तपाईको प्रतिक्रिया