yaun dhanda

उदयपुर, मंसिर २१ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.२ स्थित पूरानो वसपार्कका न्यू अन्नपूर्ण होटलका संचालकले एक युवतीलाई अबैध यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा होटल संचालक ईन्दिरा कार्की र उनका श्रीमान महेन्द्र बहादुर कार्की रहेका छन् ।

वर्ष १७ की नाम परिवर्तित युवती रानी पोखरीलाई होटल संचालकले होटलमा आउने ग्राहकसँग अवैध यौनजन्य कार्य गर्न लगाएकोे आरोपमा उनीहरुलाई पक्राउ गरेका हुन् ।  गत बुधबार अन्दाजी राती १० बजेको समयमा प्रहरीले होटलमा चेक जाँच गर्ने क्रममा एक युवती सहित कोठाभित्र प्रयोग भएको र प्रयोग नभएको अस्थायी साधन फेला परेको आधारमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएकी युवतीका अनुसार होटल संचालकले आफूलाई राम्रो काम लगाई दिने र राम्रो तलब दिने बाहानामा डर त्रास देखाई अवैध यौनजन्य कार्यमा लगाउने गरेको पीडितको जाहेरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए । पीडितलाई होटल संचालकले गत श्रावण १२ गतेदेखिनै डर त्रास देखाई होटलमा आउने ग्राहकसँग अबैध काम गर्न लगाई रहेको प्रहरीको आरोप छ । साथै श्रीमान श्रीमतिलाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिए ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया