२७ पौष, ईलाम। ईलामको देउमाइ नगरपालिकामा भाईले दाउराले हिर्काई दाजुको हत्या गरेका छन। देउमाई नगरपालिका ४ गुरुधारा चोक बस्ने ५० वर्षिय डिल्ली बास्तोलाले आफ्नै दाजु वर्ष ५५ का गंगा बास्तोलाको आज दिउँसो हत्या गरेका हुन।

दाजु भाईवीच भनाभन भएपछि मदिरा सेवन गरेका उनले दाजुको टाउकोमा दाउराको चिर्पटले हिर्काउँदा दाजुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ। हत्या पश्चात उनले स्थानीय डिल्ली प्रसाद आचार्यका ७ वर्षिया छोरी संन्धिया आचार्यलाई समेत कुटपिट गरेका छन। बालिकालाई उपचारका लागि जिल्ला अस्पताल ईलाम लगिएको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली खटि गई डिल्ली बास्तोलालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

तपाईको प्रतिक्रिया