२८ पौष, सुनसरी। सुनसरीको वराह नगरपालिकामा गएराती आगलागीबाट एक घरमा आगलागी भएको छ। बराह नगरपालिका ६ मुनाल चौक बस्ने राजेन्द्र थापाको घरमा राती करिब १ बजे बिजुली सर्ट भई अचानक आगलागी हुँदा उनको जस्ता र काठले बनेको घर, घरभित्र रहेका सामानहरु जलेका छन। आगलागीबाट थापाको अन्दाजी १६ लाख पचास हजार बराबरको क्षती भएको बताईएको छ। घरमा लागेको आगो प्रहरी र दमकलको सहयोगमा करिब डेढ घण्टा पछि नियन्त्रणमा आएको थियो।

तपाईको प्रतिक्रिया