पुष २९ रामधुनी/अघिल्लो वर्ष झैं यस वर्ष समेत रामधुनी नगरपालिका थारु महिलाहरुले माघी महोत्वसको आयोजना गर्ने भएका छन् । पुष ३० गतेबाट माघ ६ गते सम्म संचालन हुने महोत्सव झुम्काका थारु महिलाहरुको अगुवाईमा आयोजना गर्न लागिएको हो । थारु महिला महिला उत्थान समाज रामधुनीले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्वसको तयारीका बारेमा जानकारी गराएको हो ।

संस्थाकी अध्यक्ष सीता चौधरीले महोत्सवमा थारु संस्कृति झल्कने पहिरन,भेषभुषा, मौलिक खानाको परिकार सहित झाँकी प्रर्दशन तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताउनुभयो । आयोजकले महोत्सवलाई विगतको भन्दा भब्य बनाउन थारु महिलाहरु आवद्ध विभिन्न समिति निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । लोप हुँदै गएको पहिचान र मौलिक संस्कृतिको जर्गेना गर्ने उद्येश्यसाथ महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । महिला शशक्तिकरणको उदाहरणकालागि स्थानीय थारु महिलाहरुको अगुवाईमा महोत्वसको तयारी पुरा गरिएको संस्थाकी अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष महेशकुमार चौधरी, संस्थाकी उपाध्यक्ष निर्मला चौधरी, सचिव रञ्जिता चौधरी, सल्लाहकार रामकुमारी चौधरी लगायतले महोत्सवको तयारी र महत्वका बारेमा धारणा राखेका थिए । थारु भाषा लोप हुँदै गएकाले महोत्वसमा विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीहरुको सहभागिता थारु भाषा विषयक बकतृत्वकला समेत आयोजना गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया