काठमाडौँ, २२ असोज / नेपालको संविधानको प्रावधान अनुरुप नयाँ प्रधानमन्त्रीको निर्वाचन यही असोज २४ गते आइतवार बिहान ११ बजे हुनेभएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले सो दिन प्रधानमन्त्रीको निर्वाचन हुने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।बैठकमा सभामुख नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

साभार : पुर्वेलि न्युज

तपाईको प्रतिक्रिया