२९ पौष,विनिता साह सिरहा। तराईका जिल्लाहरुमा विशेष रुपमा मनाउने माघे संक्रान्ति पर्व नजिकिए लगतै स्थानिय बजारहरुमा तिल र भुजा (मुरही)को माग बढेको छ। माघे संक्रान्तिमा विशेष गरी आफ्नो कुल देवतालाई तिल चावल तथा विभिन्न सात परिकारका लाई (लड्डु) बनाई चढाउने गरिन्छ । माघ १ गते मनाउने पर्व माघी संक्रान्तिमा सुर्यदेब (दिनकर) लाई  तिल चावल ,भुजाका लड्डु,च्युराका लड्डुका साथै विभिन्न परिकार देवतालाई चढाई खाने गरिन्छ ।

च्युरा ,भुजाहरुको बढी उपभोग गर्ने भएकोले कारोवार राम्रो भएको व्यापारीहरु बताउछन् । सुखिपुर वजारका साना व्यपारी संजिब गुप्ताका अनुसार तिल र भुजा, च्युराको माग अत्याधिक आउँछ, तर हामीले तिल प्रति किलो एक सय ८० देखी दुई सय सम्म र भुजा प्रति किलो ८० र च्युरा पैतालिसका दरले बिक्रि भए पनि माग अनुसार पुर्याउनै गाह्रो हुन्छ, यसको विक्री माघ र फाल्गुन सम्म गर्ने गरेको बताए । स्थानिय रसिया देबी यादबका अनुसार हामी दश किलो देखी १५ किलो सम्म भुजा किन्छौ त्यही अनुसार च्युरा र तिल किन्छौ यसलाई लाई (लड्डु) आफु पग्ने जति बनाएर राखिन्छ अनि महिनौ सम्म खाइन्छ।

तपाईको प्रतिक्रिया