२९ पौष, इनरुवा। सुनसरीको भोक्राहा गाउपालिका सहित अधिकांश स्थानीय तहमा वितरण गरिएको जाडोबाट जोगिने कपडा र कम्बल वितरणमा पक्षपात भएको गुनासो आएको छ । गाउपालिकाका अध्यक्ष तथा स्थानीय तहका प्रमुखले आफुखुसी गरेर नजिकका व्यक्तिहरुलाई मात्रै कम्बल र कपडा वितरण गरेपछि विवाद र गुनासो बाहिर आएको हो । जिल्लाका अधिकांश स्थानीय तहका प्रमुख, अध्यक्ष, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरु, वडा सचिवहरु समेतले भ्रष्ट मानसिकताबाट ग्रस्त भएर काम गरेकाले पक्षपात हावी भएको स्थानीयहरुले बताएका छन । जिल्लामा लाखौको राहत सामाग्री पहुचवाला र नेताको नजिकका आसेपासेले मात्र पाएको समेत दलित समूदायहरुले गुनासो सुनाएका छन ।

तपाईको प्रतिक्रिया