३० पौष, उदयपुर। उदयपुरको चौदण्डी नगरपालिका-२ स्थित लामा खोला नजिकै शनिबार ट्याक्टरबाट लडेर एक युवककको ज्यान गएको छ। ज्यान गुमाउनेमा १८ बर्षिय सन्तोष खत्री रहेका छन्। खत्री अपरान्ह ४ बजेतिर ना २ त ९२३० नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका थिए। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको हो। ट्याक्टरका चालक प्रहरी चौकी बसाहको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया