इनरुवा पुष ३०/सुनसरीको इनरुवा १ सय ५० बढी विपन्न समूदायका बालबालिका सहित वृद्धवृद्धालाई न्यानो लुगा सहित खाद्यान्न वितरण गरिएको छ । हाम्रो समाज नेपाल इनरुवा सुनसरीले नगरभित्रका बढी पीडित परिवारका बालबालिका र वृद्धवृद्धाहरुलाई राहत सामाग्री वितरण गरेको हो ।


प्रदेश सभा सदस्य राजिब कोइरालाले विपन्न परिवारलाई राहत वितरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष सितोष पोखरेलले लक्षित वर्गको पहिचान र प्राथमिकताका आधारमा छनौट गरी अनुभूति हुने गरी सार्वजनिक कार्यक्रमकाबिच राहत सामाग्री बितरण गरिएको बताउनुभयो ।
संस्थाका तर्फबाट विभिन्न सामूदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका बालबालिकाकालागि पोशाक र विद्यालय सामाग्रीका साथै वृद्धवृद्धालाई कम्बल सहित खाद्यान्न सामाग्री उपलब्ध गराइएको थियो ।

तपाईको प्रतिक्रिया