२ माघ, इनरुवा। आज बिहान निधन भएका अग्रज तथा योद्धा पत्रकार डम्बरबहादुर थापाको सुनसरी खोलामा दाहसंस्कार गरिएको छ ।
थापालाई श्रद्धाञ्जली दिन नेपाल पत्रकार महासंघ सुनसरीको टोली बिहानै मधेशा स्थित निवासमा पुगेको थियो । सुनसरी खोलामा दाहसंस्कारको क्रममा महासंघका अगुवा पत्रकारहरुले थापाको पार्थिक शरिरमा नेपाल पत्रकार महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का सहित अग्रज तथा जिल्लाभरका संचारकर्मीहरु थापाको श्रद्धाञ्जलीकालागि सुनसरी घाटमा भेला भएका थिए । थापाको ७६ वर्षको उमेरमा इनरुवा ६ मधेशा स्थित रहेको निवासमा बिहान निधन भएको थियो ।

तपाईको प्रतिक्रिया