२ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मी बिच सम्बाद कार्यक्रम समपन्न भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा सर्च फर कमनग्राउण्डको सहयोगमा सुरक्षा र न्याय बिषयक सम्वाद कार्यक्रम समपन्न भएको हो ।

ग्रामिण क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत तथा बिपन्न वर्गको न्याय र सुरक्षामा पँहुच पुर्याउने उद्धेश्यले सुरक्षा र न्याय बिषयमा सरोकारवलाहरुसँग सम्वाद गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले जानकारी दिनुभयो । कार्यक्रमका सहभागीहरुले सिमान्तकृत समुदायको अझैपनि न्याय र सुरक्षामा पँहुच पुग्न नसकेको भन्दै सरोकारवला पक्षलाई गम्भिर हुन आवश्यक रहेको जोड दिएका छन् । सो कार्यक्रममा जिल्ला अदालत सुनसरीका मुख्य न्यायधिश पुरुषोतम ढकाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझी, इनरुवा नगरपालिकाको उपमेयर जमुना गौतम पोखरेल,मानव अधिकारकर्मी रमेश भट्टराई, पत्रकार जयकृष्ण यादव, धुब्र ढकाल, अजित झा,राजन निरौला, दिपेन्द्र यादव, अमर काफ्ले, लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया