रोशन पोखरेल , विराटनगर । गायिका जुना प्रसाईको आवाजमा रहेको निकै मनछुने गित ‘तारावाजी लैै लै’बोलको गीतको अडियो र भिडियो युट्युबमा सार्वजनिक भएको छ । बाल्यकालको रमाइलो क्षणलाई याद गदै उनले गित गाएकी छन । ‘तारा बाजी लै लै ’बोलको गीतलाई नयाँ वर्ष २०१८ को पहिलो भिडियोको रूपमा आफ्नै युट्युब च्यानल बाट उनले सार्वजनिक गरेकी छन्।दिपक शर्माको शब्द, संगित, उदयराज पौडेलको एरेन्जमा रहेको गितलाई आमदर्शकले निकै मन पराउने गायिका जुनाले बताइन । तारा बाजी लै लै भिडियोमा गायिका आफैले अभिनय गरेकी छन । युवराज बाइवाको निर्देशक रहेको यस भिडियोमा उत्सव दाहालको छायाङ्कन र निसान घिमिरेको सम्पादन रहेको छ।

 

तपाईको प्रतिक्रिया