२ माघ, इटहरी। इटहरी उपमहानगरपालिकाले सिफएल बल्ब खरिद प्रकरणमा आर्थीक अनियमितता गर्नेलाई उनमुक्ति दिन लागिएको उपमहानगरपालिका अगाडि युवाहरुले धर्ना दिए । आर्थीक अनियमितता गर्नेहरुलाई उन्मुक्ति दिन नहुने भन्दै इटहरी क्षेत्रका केही युवाहरु स्वतस्फुर्त भेला भएर दोषीलाई कारवाहिको दायरामा ल्याउन माग गर्दै धर्ना दिएका हुन ।

स्थानीय तहमा जनप्रतिनिधिहरु चयन भएर आएपछि विकास निर्माणले गतिलिने जनअपेक्षालाई विपरित दोषीलाई उन्मुक्ति दिन खोजीएको भन्दै युवाहरुले धर्ना दिएको वताएका छन । उपमहानगरपालिकाको मुलगेट अगाडि आधा घण्टा सम्म धर्ना दिएका युवाहरु दोषीलाई कारवाही हुनु पर्ने ,जनताले बुझाएको करको सहि सदुपयोग गरिनु पर्ने लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । सिफएल बल्ब खरिदमा अनियमितता भएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रीय कार्यालयले समेत अनुसन्धान गरिरहेको छ । यही समयमा उपमहानगरपालिकाले समेत अख्तियारले कागजात लगी सकेपछि आफैले समेत छानविन समिति वनाएको थियो ।

सो छानवीन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने भनिएपनि दोषीलाई चोख्याउन खोजिएको आशंका गर्दै युवाहरुले दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै युवाहरुले खवरदारी गर्दै धर्ना दिएका हुन । यसै विच उपमहानगरपालिकाले यसै विषयमा पत्रकार सम्मेलन गरि छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने भनी पत्रकारहरुलाई दिउसो ३ बजेको लागि बोलाएपनि साडे ३ बजे सम्म पनि आयोजक कोही पनि नआएपछि पत्रकारहरुले पत्रकार सम्मेलन छोडी बाहिरीएका थिए ।

तपाईको प्रतिक्रिया