sushma-sworajकाठमाडौं,  मंसिर २२ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतीय राज्यसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै साता दिनभित्रै समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छिन्। विदेशमन्त्री स्वराजले ईश्वरले चाहे अब पाँच सात दिनमै निकास निस्कने बताइन् ।

‘ईश्वरले चाहे भने अब पाँच–सात दिनमा निकास निस्किनेछ ,’ स्वराजले भनिन्, ‘हामी कामना गर्छौँ कि मधेसीलाई न्याय मिल्नेछ र कष्टमा परेका जनताका लागि सहज अवस्था सिर्जना हुनेछ ।’ स्वराजले आफूले मधेसी नेताहरूलाई वार्ता गरेर यो मामिला समाधान गर्न भनेको समेत राज्यसभा बैठकमा जानकारी गराएकी थिइन् । उनले राजनीतिक वातावरण बनेकाले सहमतिको वातावरण बनेको पनि बताएको थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया