३ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा चिसोका कारण एक जनाको मृत्यू भएको छ। केही अघि देखी बढेको चिसो तथा शितलहरका कारण भोक्राहा नरसिंह वार्ड नं. ७ बस्ने ५८ वर्षिय लेलाहाय यादवको मृत्यू भएको परिवारीक स्रोतले बताएको छ । वहाँको परिवारीक स्रोतले बताए अनुसार यादव दुई दिन अघि आफ्नो घरमा नियमित कामकाज गरेपनि हिजो राती खाना खाएर सुतेपछि आज बिहान चिसोको कारण मृत्यु भएका हो ।

तपाईको प्रतिक्रिया