झापाको शिवसताक्षी नगरपालिका १० स्थित बालुखोला नजिकै मोटरसाईकलले जंगलबाट घाँसको भारी बोकेर हिड्दै गरेको पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकल चालक पूर्व-पश्चिम राजमार्गमा पश्चिमतर्फ आउँदै गरेको मे ४ प ८८०८ नम्बरको मोटरसाईकलले घाँसको भारी बोकेर हिड्दै गरेका पैदलयात्री सोही नगरपालिका १० बस्ने ५० बर्षिय गोमा गुरागाईलाई दिउँसो पौने १ बजे ठक्कर दिएको थियो।

ठक्करबाट गुरागाईसहित मोटरसाईकल चालक गौरीगंज गाउँपालिका ५ बस्ने २२ बर्षिय सुजन ईजम, पछाडी सवार झापा गाउँपालिका २ बस्ने १५ बर्षिय बिनी सुब्बा, सोही मोटरसाईकलको पछाडी सवार सोही ठाउँका १९ बर्षिय ज्योती सुब्बा घाईते भएका थिए।दुर्घटनामा परी गम्भीर घाईतेहरुलाई उपचारकालागी बि.एण्ड.सी. अस्पताल बिर्तामोड लैजाने क्रममा गम्भीर घाईते चालक सुजनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

तपाईको प्रतिक्रिया