४ माघ, झापा। झापाको कमल गाउँपालिका ६ स्थित पाडाजुंगी गौरादह सडक खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। दक्षिणबाट उतरतर्फ जाँदै गरेको को १ ख ५२२३ नम्बरको ट्रिपरको ठक्करबाट सोही दिशातर्फ जाँदै गरेको मे ९ प २२९१ नम्बरको मोटरसाईकललाई पछाडिबाट दिउँसो साढे २ बजे ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाईकलमा सवार चालक सोही गाउँपालिका बस्ने १८ बर्षिय सौरभ ताजपुरिया गम्भीर घाईते भई उपचारकालागी लाईफलाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ठक्कर दिने सवारी र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया