काठमाडौँ, ५ माघ ।  पटक–पटक गरेर खनखनी गनेर २२ लाख रुपैया हातमा राखिदिएपछि ललितपुरको नखिपोट निवासी नरबहादुर वुढाथोकीले स्पेन जाने सपना देख्न थाले ।नदेखून् पनि किन, पानीजहाजको क्रु मेम्बरको जागिर र मनग्गे कमाइको लोभ देखाएका थिए, उनकै छिमेकी पारस लोहनीले । बुढाथोकीलाई आफु स्पेन पुगिनेमा किन विश्वस्त थिए भने छिमेकी पारसले स्पेनको पानी जहाज कम्पनी सम्बद्ध कैयन कागजात देखाएका थिए ।

साथै पानीजहाजमा काम गर्नका लागि आवश्यक तलिम लिएको प्रमाणपत्र बिना तालिम उपलब्ध गराइदिएका थिए । तर नरबहादुरको सपना धेरै दिनसम्म टिकेन ।स्पेन लगिदिने भनेर पैसा लिएका पारस सम्पर्क बाहिर बसेपछि उनी झल्याँस्स भए, लौ ठगीमा त परिएन । स्पेन, अमेरिका र जापानका विभिन्न पानीजहाज कम्पनीमा क्रु मेम्बर काम दिलाइदिने लोभ देखाएर पारसको ठगीमा परेका नरबहादुर मात्र एक्ला छैनन् ।

दुई महिना भन्दा लामो खोजीपछि बुधबार बेलुकातिर महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले पारस लोहनीलाई सोह्रखुट्टेमा हिडीरहेका बेला पक्राउ गरेपछि उनीबाट ठगीनेहरुको ठुलो संख्या सार्वजनिक भइरहेको छ । अाजकाे कान्तिपुरमा खवर छ ।

तपाईको प्रतिक्रिया