५ माघ, राजविराज। सप्तरीको कञ्चनरुपमा गोरु बोकेर पूर्व जाँदै गरेको ट्रक पुलमा ठोक्किएर दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप–१२ रुपनगर स्थित बाक्लो हुस्सुका कारण पुलमा ठोक्किएर ना ६ ख १७०५ नम्बरको ट्रक पल्टिएको स्थानीवासीले जानकारी दिए। दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् भने ८ वटा गोरु घटनास्थलमै मरेका छन्।

दुर्घटनामा चालक रामेछाप लखनपुर–९ निवासी ३५ वर्षीय रत्न लामा,सहचालक चितवनका २० वर्षीय सुशिल थपलिया गम्भीर धाईते भएका छन् । त्यस्तै गोरु व्यापारी भारत विहारका मो. नसिमको खुट्टा भाँचिएको छ। घाइते सबैलाई प्राथमिक उपचारपछि गोल्डेन हस्पिटल विराटनगर लगिएका छन् ।

तपाईको प्रतिक्रिया