फाइल फोटो
फाइल फोटो

२२ मंसिर इनरुवा –मंगलबार दिउसो भारतीय सिमा शुरक्षाबल एसएसबी, भिमनगरले सुनसरीको भण्टावारी नाकाहुदै भारतको पटना हिडेका ३३ जना पुरुष र १९ जना महिला गरि जम्मा ५२ जना नेपालीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जानकारी दिएको छ ।नियन्त्रणमा रहेका नेपालीहरु रामेछाप, उदयपुर तथा सप्तरी का रहेका छन । रोजगारिका लागि पटना हिडेका नेपालीहरु भारतको बिरपुरबाट एसएसबीले नियन्त्रणमा लिएको हो ।

 

धेरैको संख्यामा रहेका नेपालीहरुलाई भारत-नेपाल सिमामा एकै साथ देखेपछि भारतीय एसएसबीले नियन्त्रणमा लिएर नेपाल स्थित सशस्त्र प्रहरी, जिल्ला प्रसाशन र जिल्ला प्रहरीमा खबर गरीसकेको छ ।

अन्य समयमा पनि यस सिमाबाट नेपालिहरुको आवतजावत भएता पनि मंगलबार एकै साथ ठुलो संख्या नेपालिहरुलाइ देखे पछि भारतीय एसएसबीले शंका गर्ने बाटो पाए तथा समुहमा महिलाको संख्या कम देखेपछि चेलिबेटी बेच्ने दलाल सम्झिएर सबैलाई नियन्त्रणमा लिएको र नेपाल स्थित सशस्त्र प्रहरी र जिल्ला प्रहरीमा खबर गरेको बुझिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दिएको जानकारी अनुसार पक्राउ सबै नेपालीको अवस्था र पक्राउ गर्नुको कारण बुझन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायव उपरिक्षक चिरञ्जिवी कोइरालाको नेतृत्वमा प्रहरीको टोली भारतको बिरपुर पुगेको छ ।भारतको बिरपुरबाट ठुलो संख्यामा रहेका नेपालीहरुलाई किन भारतीय एसएसबीले नियन्त्रणमा लियो यसको बिषयमा केही नखुलेपनि पक्राउ सबैलाई तुरुन्त रिहाइ गर्न जिल्ला प्रसाशन कार्यालय सुनसरीले अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया