५ माघ, सुनसरी। बराहामा जारी प्रथम मेयर कपमा शुक्रबार भएको आयोजक एभरेस्ट फुटबल क्लब र प्रदेश न १ प्रहरी फुटबल टिम बिच भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेश न १ प्रहरी टिम ट्राइब्रेकर मार्फत ४-३ गोल अन्तरले बिजय भएको छ।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा खेलको निर्धारित समयमा कुनै पनि गोल हुन नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो। पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको आयोजक एभरेस्ट फुटबल क्लब दोस्रो हाफको २० औ मिनेटमा जर्सी न. १९ का रमेश राजबन्सीले डब्बल पहेलो कार्ड पाउँदा १० जनामा समेटिएको थियो।

प्रहरीका मित्र बस्नेत, जयनारायण चौधरी, उज्ज्वल राई, नगेन्द्र दाहालले गोल गर्दा दिलबहादुर तामाङको प्रहार एभरेस्ट क्लबका गोल किपर सुर्य अधिकारिले बचाएका थिय भने एभरेस्ट क्लबका हेमन्त थापामगर, निसान लिम्बु र भुसन सुब्बाले गोल गरे भने पुजन उपरकुटी र सुरज सुनुवारको प्रहार बाहिरन पुगेको थियो। उक्त खेलका म्यान अफ द म्याच एभरेस्ट फुटबल क्लबका जेर्सी न. ८ का हेमन्त थापामगर भएका छन।उनले प्रहरी सहायक निरीक्षक जितु साहको हातबाट नगद २५ सय सहित ट्रफी प्राप्त गरेका छन।फाइनल खेल ७ गते आइतबार १ नम्बर प्रदेश प्रहरी टिम बिराटनगर र बराहक्षेत्र फुटबल क्लब, बराह बिच हुने भएको छ। फाइनल बिजेताले नगद एक लाख एक हजार सहित ट्रफी र उपबिजेताले एकाउन्न हजार नगदसहित ट्रफी हात पार्ने छ।

तपाईको प्रतिक्रिया