५ माघ, सुन्दरहरैचा। मोरङको सुन्दरहरैंचा स्थित खोर्सानेमा विहीवार स्थानिय मानबाहादुर वस्नेतको पुरानो घरको गुहालीमा आगो लागि भएको छ। आगलागीबाट करिव २० लाख मुल्य बरावरको धनमाल क्षति भएको हो। घरको ठुलो तथा पुरानो गुहालीमा राखेको बहुमुल्य काठ तथा पराल आगलागिबाट नस्ट भएको छ। आगो नियन्त्रणका लागि सुन्दरहरैचा तथा इटहरीको वरुण यन्त्रले सहयोग गरेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया