५ माघ, धनकुटा। धनकुटामा आन्दोलनकारी र प्रशासनवीच क्षेत्रिय प्रशासन कार्यालयमा दिउसोबाट भएको बार्ता निश्कर्ष बिहिन भएको छ ।
धनकुटालाई राजधानी माग गर्दै शुरु गरिएको शान्तिपुर्ण आन्दोलन बिराटनगरलाई राजधानी घोषण गरे सँगै आन्दोदनले उग्ररुप लिएपछी अस्तब्यस्त बनेको समयमा स्थितिलाई नियन्त्रणमा लिनकालागि जारि गरिएको निशेधाज्ञा कहिले सम्म जारि गर्ने भन्ने बिषयमा भएको बार्ता निश्कर्ष बिहिन भएर टुंग्गिएको आन्दोलन परिचालनका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारि दिए।

निषेधाज्ञा, आमहड्ताल लगायत समस्या समाधानका लागि शुक्रबार दिउँसो प्रशासनले धनकुटामा क्रियासिल प्रमुख राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, आन्दोलन परिचालन समितिका संयोजक लगायतलाई वार्तामा बोलाएर बसेको छलफल बिना निश्कर्ष टुंग्गिएको आन्दोलन परिचालनका संयोजक श्रेष्ठले जानकारी दिए । बार्ताका लागि आन्दोलनरत पक्ष आन्तरिक छलफलपछि बार्तामा गएका थिए ।
धनकुटालाई प्रदेश नम्बर १ को अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि बुधबार बिहान १२ बजेबाट धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। अनिश्चितकालिन आमहड्ताल आज तेस्रो दिनपनि जारी रहदा धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ ।

तपाईको प्रतिक्रिया