७ माघ, धनकुटा। धनकुटालाई उपेक्षा गर्दै प्रदेश नम्बर १ काे अस्थायी मुकाम बिराटनगर ताेकेकाे भन्दै  धनकुटा कांग्रेसका सवैले राजिनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै कांग्रेस जिल्ला सभापति सहित सवै पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेस धनकुटाले हिजो साँझ अायाेाजना गरेकाे पत्रकार सम्मेलनमा  जिल्ला , गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले साधारण सदस्यसमेत नरहनेगरी सामुहिक राजिनामा दिएको जानकारी गराएको थियाे । पत्रकार सम्मेलनमा बाेल्दै पार्टी सभापति अग्नी प्रशाद पौडेलले धनकुटालाई अन्याय हुँनेगरी कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेकाले सवैले राजिनामा दिनुपरेको जानकारी दिएका छन् । राजिनामा पश्चात पार्टी कार्यालयमा कालो झण्डा गाडेर कार्यालय बन्द समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया