७ माघ, ईलाम। ईलामको चुलाचुली गाउँपालिका ३ स्थित पेल्टीमारीमा आईतबार दिउँसो जंगली हात्तीले कुल्चिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने ५२ बर्षिय सोमनाथ भण्डारी (गिरी) रहेको प्रहरी चौकी पोल्टिमारीले जनाएको छ। दिउँसोको समयमा आफ्नै बारीमा पानी लगाउँदै गरेका भण्डारीलाई जंगलबाट निस्किएको हात्तीले अचानक आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर बनेका भण्डारीलाई उपचारकालागी झापातर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया