काठमाडाै, ८ माघ । भूकम्प र नाकाबन्दीका बेला चिन सरकारले अनुदानमा उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन) को सरकाले मुल्य घटाए पनि बिक्री हुन सकेको छैन ।मुलुकमा नियमित विद्युत प्रवाह भइरहे पनि यसको प्रयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको हो ।

१२ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजार बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन ।सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्लो बिक्री हुन नसकेको हो ।बजारमा यसभन्दा पनि सस्तो मूल्यका इन्डक्सन पाइने भएकाले ग्राहकको आर्कषण यसमा हुन सकेको छैन । अाजकाे काराेवारमा खवर छ ।

तपाईको प्रतिक्रिया