९ माघ, इनरुवा। सुनसरी जिल्ला अदालतमा कैद र जरीवाना फछर्याैट निरासाजनक अवस्थामा रहेको पाइएको छ । अदालतमा कैद जरीवानाको लागत फछर्याैट र बाकी विवरणको चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा ७ प्रतिशतको हाराहारीमा मात्रै कैद जरीवाना फछर्याैट भएको छ । जिल्ला अदालतमा पुस मसान्त सम्ममा ४ हजार ४ सय ३५ वर्ष ४ महिना १४ दिन कैद लागत रहेकोमा १३ वर्ष ११ महिना २७ दिन मात्रै फछर्याैट भएको छ ।

हालसम्म नया पुरानो गरी जम्मा ३ सय ११ वर्ष २५ दिन कैद फछर्याैट भएको र बाकी कैद फछर्याैट हुन ४ हजार १ सय २४ वर्ष ३ महिना १९ दिन रहेको अदालतका मुख्य न्यायधिस पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार नया पुरानो समेत गरी सो संख्यामा कैद फछर्याैट हुन बाकी रहेको छ । त्यसैगरी जरीवाना तर्फ गत वर्षको जिम्मेवारी सरी आएको ९ करोड ७२ लाख ९३ हजार ७ सय ६४ रुपिया ६८ पैसा र चालु आर्थिक वर्षको ७८ लाख ६० हजार ६ सय २ रुपिया ५० पैसा गरी हालसम्मको लागत १० करोड ५१ लाख ५४ हजार ३ सय ६७ रुपिया १८ पैसा रहेको छ । जरीवाना तर्फ पुस मसान्तसमम्मा ६ लाख ३४ हजार ३ सय ५६ रुपिया मात्रै फछर्याैट भएको छ । यो फछर्याैट प्रतिशत ६ दशमलव ३ प्रतिशत हो । जिल्ला अदालतमा जरीवाना फछर्याैट गर्न ९ करोड ८८ लाख १४ हजार १० रुपिया ६४ पैसा रहेको अदालतको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया