९ माघ, इटहरी। इटहरीमा जारी स्व.मदन भण्डारी स्मृिती अन्तराष्ट्रिय अामन्त्रण इटहरी गाेल्डकप  अन्तरगत मंगलबार भएकाे अन्तिम क्वाटर फाइनल खेलमा अयाेजक राष्ट्रिय जागृती क्लब भारतकाे गरिफा स्पाेर्टिङ क्लब कलकत्ता संग एक शुन्यले पराजित हुदै अाफ्नै मैदानबाट बाहिरिएकाे छ । पहिलाे हाफ अन्तरगत खेल सुरू भएकाे दुर्इ मिनेटमै भारतकाे गरिफा क्लबका जर्शि नं १० का सिसे साेल्सले गरेकाे एक गाेल नै अन्तिम र निर्णायक बनिनि पुगेपछि प्रतिस्पर्धात्मक खेलबाट अायाेजक बाहिरिएकाे हाे ।

डिएरीया बाहिरबाट भारतका साेल्सले प्रहार गरेकाे गाेल सिधै  पाेसभित्र छिरेपछि खेलकाे अवधिभर साेहि गाेल अन्तिम र निर्णायक गाेल बनेकाे हाे ।  भारत बिरूद्ध गाेल गर्ने अवसर पाइरहदा पनि अवसर चुकाउदा राजा क्लब इटहरीले एकका बिरूद्ध शुन्यमै चित्त बुझाउनुपरेकाे थियाे ।  खेलको प्रारम्भमै भारतले एक गोलको अग्रता लिएपछि प्रतिस्पर्धा तिव्र बनेको थियो ।

पहिलाे हाफमा पाएकाे दुर्इ अवसर अायाेजक राजा क्लबले चुकाउदा भारतकाे गरिफा स्पाेर्टिङ क्लब एक गाेलले अग्रता लिइरहेकाे थियाे । दाेश्राे हाफ सुरू भएदेखि नै भारत बिरूद्ध अाक्रमक बनेकाे अायाेजक राजा क्लबले खेलकाे अन्तिम सम्म लगातार ४ माैका पाएकाे थियाे तर साे अवसर पनि चुकाउदा भारत बिरूद्ध कुनै गाेल गर्न सकेन अन्तत खेलकाे सुरूवातमै गरिफा क्ल्बले गरेकाे गाेल उत्कृस्ट र निर्णायक बनेकाे थियाे ।  गरिफाले प्रतियोगिता अन्तरगत विहिबार हुने दोस्रो सेमीफाइलनमा मनाङ मस्र्याङ्गदीसंग प्रतिस्पर्धा गर्नेछ ।

खेलकाे अवधिभर जम्मा दुवै टिमका खेलाडिहरूले ४ वटा पहेलाे कार्ड पाएका थिए । खेलकाे म्यान अफदि म्याच अायाेजक राजा क्लबका खेलाडी प्रवेश दनुवार घाेषित भएका छन । बुधबार पहिलो सेमीफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाण्र्डौ र थ्रि स्टार क्लब काठमाण्र्डौ वीच हुने अायाेजकले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया