९ माघ, ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार आगालागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।आगलागीबाट फुङलिङ नगरपालिका–५ का डिकबहादुर खवास र सोही ठाउँका दीलबहादुर खवासको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अपराह्न ४ बजे अचानक डिकबहादुरको घरबाट आगलागी शुरु भएको थियो । करिब ४५ मिनेटको समयमा वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका साथै स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । आगलागीका कारण खुल्न सकेको छैन् भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया