९ माघ, मोरङ। मोरङको लेटाङ नगरपालिका-३ तिनपाटा जंगलमा सोमबार आफैले बोकेको भरुवा बन्दुक पड्कदा एक जना घाइते भएका छन्। घाइते हुँनेमा मोरङ मिक्लाजुङ्ग गाउँपालिका-१ बस्ने २७ बर्षिय सम्भु राई रहेका छन्। बेलुका ८ बजेतिर भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका उनलाई आफैले बोकेको भरुवा बन्दुक पड्कन गई हातको पाखुरामा चोट लागेको हो। उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ भने घटनास्थलमा इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया