KANYA-ILAM

२२ मंसिर, इलाम ।पर्यटकलाई लक्ष्यित गरी इलाम जिल्लाको अन्तुमा अन्तु पर्यटन केन्द्रको निर्माण गरिएको छ ।पर्यटन केन्द्रअन्तर्गत भ्यूटावर, कोसेली घर, उद्यान, शौचालय निर्माण सम्पन्न गरिएको छ ।करिब रु ३५ लाखको लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए ।पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पानीको पर्याप्त प्रवद्र्धन गर्नका लागि स्थानीयवासीले मोटरबाट पानी तान्ने तयारी गरेका छन् । मौसम खुलेसँगै आन्तरिक र बाह्य पर्यटक आगमन सुरु भइसकेको पर्यटन व्यवसायी धनकुमार आलेले बताए ।अन्तुमा सूर्योदय र सूर्यास्तको मनोरम दृश्य, लोपोन्मुख लेप्चा जातिको बसोबास र लेप्चा सङ्ग्रहालय, फूलखेती, अन्तुपोखरीलगायत देख्न सकिन्छ ।

सूर्योदय नगरपालिकाको फिक्कलबाट करिब १२ किलोमिटरको दूरीमा रहेको यस अन्तुडाँडामा भारतको पश्चिमका साथै जर्मन, अमेरिका, क्यानाडालगायत तेस्रो मुलुकबाट बाह्य पर्यटक आउन थालेका छन् ।यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाका साथै नेपालकै सबैभन्दा होचो भूभाग झापाको केचनासमेत सहजै देख्न सकिनुका साथै थुप्रै मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।समुद्र सतहदेखि १८१८ मिटरको उचाइमा रहेको यस पर्यटकीयस्थलसम्म पुग्न व्यवस्थित सडकको व्यवस्था नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या हुने गरेको व्यवसायी आलेको भनाइ छ ।

तपाईको प्रतिक्रिया