biplab-maobadi-890x395_c

२२ मंसिर, बर्दिवास ।आज महोत्तरीको बर्दिवासबाट नेकपा माओवादी (विप्लव समूह) को युवा सङ्गठनले सुरु गरेको मेची–महाकाली यात्राका सहभागी सर्लाही प्रस्थान गरेका छन् । विप्लव समूह युवा सङ्गठनको यो टोली सोमबार साँझ बर्दिवास आइपुगेको र आज बिहान सर्लाहीका लागि प्रस्थान गरेको हो ।सोमबार साँझ बर्दिवास आइपुगेको मेची–महाकाली यात्रा टोलीका नेता पुनितले राष्ट्रिय स्वाधीनताको रक्षा र भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रिय जनमत निर्माण गर्ने उद्देश्यका साथ आफूहरूले राष्ट्रिय अभियान सुरु गरेको जानकारी दिए ।यात्रामा सहभागीले प्रत्येक दिनको यात्रा सुरु गर्नुअघि र विश्राम गर्नुअघि नेपालको राष्ट्रिय गीत गाएर सहभागी सबैले राष्ट्रिय झन्डा फर्फराउने गरेका छन् । मङ्सिर १५ गते झापाको काँकडभिट्टाबाट सुरु भएको मेची–महाकाली यात्रा माघ १५ गते कञ्चनपुरमा सम्पन्न गरिने तालिका रहेको राष्ट्रिय युवा जनस्वयम्सेवक केन्द्रीय समितिले जनाएको छ । टोलीमा ५० जना युवा सहभागी छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया