khadyana-bitaran-900x450
khadyana-bitaran3

khadyana-bitaran41

khadyana-bitaran2

जनकपुरधाम, २३ आश्विन । दुई महिनादेखिको बन्दका कारण विचल्लीमा परेका गरिब परिवारलाई चामललगायतका खाद्यान्न वितरण गर्ने क्रम जारी रहेको छ । जनकपुरका युवाहरुले अगुवाईमा सुरु भएको अभियानलाई खाद्यान्न संकलन तथा वितरण अभियान समितिले निरन्तरता दिँदै सिरहामा पनि खाद्यान्न वितरण गरेको छ ।

शुक्रबार सिरहाको लहान र मिर्चैयामा समितिले स्थानीय गरिब तथा अति विपन्न १८ सय भन्दा बढी घरपरिवारका व्यक्तिहरुलाई चामललगायतका खाद्य सामग्री वितरण गरेको छ ।

यसअघि जनकपुरमा प्रतिदिन खाद्यान्न वितरण गर्दै आएको समितिले शनिबार पनि जनकपुरको रामानन्द चौकस्थित समितिको कार्यालय रामजानकी सिनेमा हलमा खाद्यान्न वितरण कार्यलाई निरन्तरता दिएको छ ।

साभार : हुलाकि न्युज

तपाईको प्रतिक्रिया