accident-board_116618मंसिर २२, पाँचथर ।आज साँझ ६ वजे तिर पाँचथरको रानीटार ९ स्थित देवीथानमा  ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी चालक सुजन राई,सहचालक रविन राई गम्भिर घाइते भएका छन् भने रानीटार ९ बस्ने कर्मसिंग राईको १३ वर्षिय छोरा सुजनको मृत्यु भएको छ। घाइतेहरुलाइ उपचारकालागि विर्तामोडको बिएण्डबी हस्पिटल तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।मे १ त ४२५६ नम्बरको सो ट्याक्टर अनियन्त्रित भइ सडक बाट करिव ५० मिटर तल खसेको स्थानियले वताएका छन् ।

घटनास्थल तर्फ पौवाभन्ज्याङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोली त्यस तर्फ खटिसकिएको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

 

 

 

 

तपाईको प्रतिक्रिया