११ माघ, झापा। झापाको कमल गाउँपालिका-५ पाडाजुँगी चोकमा बुधबार टाटा सुमको ठक्करबाट नाम थर वतन खुल्न नसकेकी एक महिलाको ज्यान गएको छ। अन्दाजी ६० बर्षिया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको बेलुका ९ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइरते उनको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा बेलुका मृत्य भएको हो।ठक्कर दिने सुमको चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन भने मृतकको पहिचान गर्ने कार्य भइरहेको उक्त कार्यालयले जानएइको छ।

तपाईको प्रतिक्रिया