trusted online casino malaysia
trusted online casino malaysia

२२ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मोर्चाबाट अलग्गिएको छ । राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी मोर्चाले गतिविधि गरेको भन्दै गठबन्धनले अलग भएको घोषणा गरेको हो ।गत भदौ ३ गतेदेखि मधेसी मोर्चासँग मिलेर मुस्लिम गठन्धन आन्दोलनमा सहभागी हुँदै आएको थियो ।मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी गठबन्धन संयोजक तथा तमलोपाका केन्द्रीय सदस्य शमिम मियाँ अन्सारीले अब गठबन्धनले छुट्टै आन्दोलन गर्ने बताए । मधेसी मोर्चा नेताहरुको दिल्ली भ्रमण गलत भएको भन्दै उनले विरोध पनि जनाए ।

गठबन्धन संयोजक अन्सारी र महासचिव मोहम्मद जाकिर हुसैनले हस्ताक्षर गरेको आफूहरुका मुद्दामा मधेसी मोर्चाले छलफल नै नगरी निर्णय लाद्ने काम गरेको गुनासो समेत गरिएको छ ।

विज्ञप्ति हेर्नुस्

Press-Relese-of-National-Mu

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia